एसीसी एसिया कप क्रिकेट २०२२ श्रीलङ्काबाट यूएईमा सारियाे

काठमाडाैं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट २०२२ को स्थान परिवर्तन गरि श्रीलंकाबाट यूएईमा सारेको छ । पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसीसी ले जनाएको छ ।

यूएईमा हुने लागेकाे टी २० फर्म्याटकाे एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका रहेको छ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोलीले सहभागी जनाउने छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *