एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेकाे छ । बोर्डले भर्खरै बैठक बसी नतिजा सार्वजनिक गरेको हो । जसमा चार जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६ सय ३३ जना रहेको परीक्षा बोर्डले बैठक पछि पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बुधबार दिउँसो तीन बजे सार्वजनिक गर्ने भनिए पनि बैठक लम्बिएकोले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जानकारी दिएको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन् ।

यसरी थाहा पाउन सकिन्छ नतिजाः

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्ट कोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

वेब साइड बाट नतिजा हेर्न निम्न लिङ्क पछ्याउनुहाेस्ः

www.see.gov.np

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com

www.ekantipur.com

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.admissionnepal.com

Share

2 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *