साफ च्याम्पियनसिप यू-२० मा नेपाल आज श्रीलङ्कासँग खेल्दै

भारत । साफ च्याम्पियनसिप यू-२० पुरुष फुटबलमा नेपालले आज बुधबार आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्ने भएको छ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुने छ ।

नेपाल आज पनि खेलमा जीत निकाल्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । यता श्रीलङ्का भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा बङ्गलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

यता नेपाल भने पहिलो खेलमा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । जसका कारण नेपाल आज उच्च मनोबलका साथ मैदान उत्रिने छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेकाे छ ।

नेपालले श्रीलङ्कापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बङ्गलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *