महिलालाई ‘एसिड प्रहार गर्छु’ भनी धम्याउने युटुबर प्रहरी फन्दामा

काठमाडाैं । बाटोमा हिडीरहेकी महिलालाई पैसा, मोबाइल, गरगहना माग्ने र नदिए एसिड छ्याप्छुु भनी धम्क्याउने एक युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरी साइबर ब्युराेले ‘बदमास केटा'(BADMAS KTA) नामक युटुब च्यानल सञ्चालक पूर्ण चन्द्र भुसाललाई नवलपरासीको कावसोतीबाट पक्राउ गरेको हाे ।

नवलपरासी हुप्सेकोट गाउँपालिका ३ का २६ वर्षीय पूर्ण चन्द्र भुसाल उर्फ ‘प्रदीप’ लाई अति संवेदनशील वस्तु एसिड छ्याप्ने धम्की दिनुका साथै समाजमा नकारात्मक सन्देश फैलाउने किसिमको भिडियो बनाई युटुबमा अपलोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे । भुसालले ‘प्रयाङक’ भिडियाे भन्दै फ्नाे युटुब च्यानलमा डराउने धम्क्याउने खालका भिडियाे सामाग्री राख्दै एका थिए ।

विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुर ठहर गर्दै प्रहरीले भुसालाई पक्राउ गरि कारवाहि अगाडि बढाएकाे छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *