काठमाडाैं । नेपालमा पछिल्लाे चौबीस घन्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा दुई जनाको मृत्यु समेत भएकाे छ । मंगलबार ५ हजार सय ५५ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप दुई सय १८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार सात सय १४ जना पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार नाै सय ५९ जनाको ज्यान गएको छ ।
दुई लाख ५७ हजार ८ सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।













