कोरोना संक्रमणः पछिल्लो चौबीस घण्टामा साढे पाँच सय जना संक्रमित, एक जनाको मृत्यु  

काठमाडौं । नेपालमा पछिल्लो समय दिनहुँ जसो कोरोना संक्रमण दर उकालो लागि रहेको छ । पाँच सय भन्दा न्यून सक्रिय कोरोना संक्रमित पुगेको अवस्थामा पुनः कोरोना संक्रमण दर बढ्दा हाल नेपालमा ३ हजार ५ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभर थप ५ सात ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ८४ जनाको पिसिआर र १ हजार ७ सय १६ जनाको एन्टिजेन गरी कुल ४ हजार ८ सय जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

परीक्षण गरेकामा झन्डै १२ प्रतिशतमा कोरोना देखिएको मात्रलयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु समेत भएको मन्त्रालयले पुष्टि गरेको छ भने थप ९५ जना संक्रमित निको भएका छन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *