इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका बीचको अन्तिम तथा निर्णायक खेल आज

एजेन्सी । इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका बीचको ३ खेलको एकदिवसीय क्रिकेट शृङ्खला अन्तर्गत निर्णायक खेल आज  हुँदैछ । इङ्ग्ल्याण्डको योर्कशायर क्रिकेट मैदानमा तेस्रो तथा अन्तिम एकदिवसीय खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुँनेछ ।

यी दुई देश बीचको पहिलो खेल दक्षिण अफ्रिका ले ६२ रनले जितेको थियो । दोस्रो खेलमा इङ्ग्ल्याण्डले १ सय १८ रनको सानदार जित निकालेसँगै सिरिजको नतिजा अन्तिम खेल सम्म कुर्न दक्षिण अफ्रिका बाध्य भयो ।

आजको खेल रोमाञ्चक हुने देखिएको छ । इङ्ग्ल्याण्डको टोलीमा बेन स्टोकले पहिलो खेल खेल्दै सन्यास लिए पनि अझै जोनी बेरस्टोक, कप्तान जोस बटलर, जेसन रोय जस्ता स्टार खेलाडीले भरिपूर्ण रहेको छ । दक्षिण अफ्रिका को टोलीमा पनि क्विन्टन डी कक, डेभिड मिलर जस्ता खेलाडी रहेका छन्, जसले गर्दा खेल रोमाञ्चक हुने देखिएको छ ।

यस्तै एकदिवसीय श्रृंखला पछि तीन खेलको टी २० शृङ्खला हुने भएको छ ।

 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *