साफ च्याम्पियनसिपका लागि नेपाली यु-२० फुटबल टोली भारत प्रस्थान गर्दै

काठमाडौं । आगामी साताबाट भारतमा सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुन यु-२० नेपाली फुटबल टोली भारत तर्फ प्रस्थान गर्ने भएको छ । भारत जाने फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फाको मुख्यालयमा एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद् (राखेप), का सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायत एन्फा कार्यसमितिका सदस्यले नेपाली टोलीको बिदाइ गरेको जनाइएको छ ।

नेपाली टोली आज दिउँसो भारत तर्फ प्रस्थान गर्ने भएको छ । एन्फाले सोमबार मात्रै प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टोलीको प्रशिक्षकमा मेघराज केसी, व्यवस्थापकमा दिवाकर घले र कप्तानमा आयुष घलान रहेका छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा २५ जुलाईबाट सुरु हुने उक्त प्रतियोगिताको लागि नेपाली टोली त्यस तर्फ जान लागेको हो। नेपालले पहिलो खेलमा २५ जुलाईको दिन मालदिभ्सको सामना गर्ने भएको छ ।

दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ र तेस्रो खेल ३१ जुलाईमा भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली यु-२० साफ च्याम्पियनसिप टाेलीमा क्रमशः

कप्तान: आयुष घलान

गोलकिपर: ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षक: अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,

स्ट्राइकर: रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी रहेका छन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *