नक्कली फेसबुक खाताको प्रयोग गरी महिलाको चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ 

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली फेस बुक खाता बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। अाज काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-५ का २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामालाई साे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे हाे ।

लामाले पीडितले प्रयोग गर्दै आएको फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली फेस बुक खाता बनाई पुनः ती तस्बिरहरू अपलोड गर्ने गरेका थिए । साथै उक्त नक्कली फेस बुक खाताबाट पीडितका साथीसँग कुराकानी गरी पैसा माग गरी पीडितको बारेमा समाजमा अफवाह समेत फैलाउने गरेकाे प्रहरीले जनाएकाे छ ।

उनले फेसबुकबाट ‘स्टडी म्याटेरियल( Study Material)’ नामक म्यासेन्जर ग्रुप बनाई ग्रुपमा अश्लिल शब्द लेखि व्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दुःख, हैरानी दिई बदनाम / बेइज्जत गराई चरित्र हत्या समेत गर्ने गरेका थिए ।

पक्राउ परेका लामाविरुद्ध पाँच दिन जिल्ला अदालत काठमाण्डौबाट म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले प्रकाशन गरेको विज्ञप्ति
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले प्रकाशन गरेको विज्ञप्ति
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *