काठमाण्डौं । मोरङको उर्लाबारीबाट अवैध लागूऔषध ट्रमाडोल ६ सय ४४ क्याप्सुल र स्पास्पेन ७ सय २० ट्याब्लेट सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ जिल्लाको उर्लाबारी नगरपालिका-२ केर्खाली चोकका २० वर्षीय नवीन पुरी सहित दुई जनालाई लागूऔषध ट्रमाडोल क्याप्सुल र स्पास्पेन ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेकाे हाे ।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको संयुक्त प्रहरी टोलीले पुरीको घरबाट उक्त लागूऔषध फेला पारेकाे हाे ।
यस्तै गएराति मकवानपुर जिल्ला भिमफेदीबाट प्रहरीले ३ सय ३५ केजी ३ सय ८१ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको भीमफेदी गाउँपालिका-२ गुम्बाडाडास्थित सडकमा ना.२ ह ४४० नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्दा १२ बोरामा उक्त ठूलो परिमाणको गाँजा फेला परेकाे हाे । अटो चालक भने फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।













