काठमाडाैं । विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुस्टि भएको छ। बुधबार उनले सामाजिक सञ्जाल मार्फत आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको बताए । ‘पहिलो पटक ६ महिनाअघि भएको थियो। अहिले फेरी भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन।’ उनले भने ‘ थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमैँ आराम गर्दैछु।’
साथै मंगलबार कसैलाई नभेटेकाे र त्यसअघिका २ दिनमा भेट भएका साथीहरूलाई विचार पुर्याउन आग्रह समेत गरेका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाे छ ।














