भरतपुर महानगरको प्रमुखमा पुनः दाहाल

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा पुनः नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्दै दाहाल निर्वाचित भएकि हु्न् । उनले ५२ हजार ३० मत प्राप्त गर्दा एमालेका उम्मेदवार सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गर्न सके ।  

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरे ।  गुरुङ अधिकारी भन्दा २२ हजार १ सय ९१ मतान्तरले पछि पर्दै पराजित भए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *