एजेन्सी । इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका बीचको ३ खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजबाट इङ्ग्ल्याण्डमा सुरु हुँदै छ । पहिलो खेल नेपाली समय अनुसार बेलुकी पौने ६ बजे इङ्ल्यान्डको सिट युनिक रिभरसाइड क्रिकेट मैदानमा सुरु हुने छ ।
आज हुने शृङ्खलाको पहिलो खेल खेलेर घरेलु टोली इङ्ग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्स भने अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटबाट बिट मार्ने भएका छन् । उनले हिजो नै आजको खेल खेलेर आफूले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।
इङ्ग्ल्याण्ड टोलीको एक हिस्सा रहेका बेन स्टोक्सको अभाव भने टोलीलाई खड्की रहने छ । बेला बखत टोली धराप मा परेका बेला टोलीलाई जित तर्फ अग्रसर गराउन उनी निकै सिपालु रहेका थिए । जर्सी नं ५५ लगाउने स्टोक्स ले झनै चमत्कारी त २०१९ को एक दिवसीय विश्वकप क्रिकेटमा गरे । टोली हार को नजिक पुगेको बेला उनले अविजित ८४ रनको पारी खेल्दै सुपर ओभरमा पुर्याएर अन्ततः टोलीलाई विश्वकप जिताएरै छोडे । त्यसबेला यता हरेक क्रिकेट समर्थकको मन् मस्तिष्कमा बसेका स्टोक्स आजको खेल बाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा देखिने छैनन् ।
यस्तै यी दुई टोली बीचको दोस्रो एकदिवसीय क्रिकेट जुलाई २२ मा हुने छ भने तेस्रो तथा अन्तिम खेल जुलाई २४ मा हुनेछ ।













