नेपालमा काेराेना संक्रमणः चौबीस घण्टामा साढे चार सय भन्दा बढी संक्रमित, एक जनाको मृत्यु

काठमाण्डाै । नेपालमा कोरोना संक्रमण दर केही दिन यता लगातार उकालो लागेको छ । शनिबार केही स्थिर देखिएको कोरोना संक्रमण दर आइतबार झनै बढेको छ । बितेको २४ घण्टामा मात्रै ४ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा केही दिन अघि मात्र पाँच सय भन्दा तल झरेको सक्रिय सङ्क्रमितको संख्या पछिल्लाे समय बढेर १ हजार ७ सय ७६ पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ भने ४८ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ९८ हजार ९ सय जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *