काठमाण्डौ । जुलाई २३ देखि भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएकाे छ । सोमबार प्रशिक्षक मेघराज केसीले २० वर्ष मुनिकाे पुरूष फुटबल टाेलीकाे घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ च्याम्पियनसिप खेल्न का लागि २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । च्याम्पियनसिपमा आयोजक राष्ट्र भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बङ्गलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख ।
डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा ।
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान।
फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी।













