भोलि सार्वजनिक बिदा

कैलाली ।  कैलालीकाे जाेशीपुर गाउँपालिकाले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । गाउँपालिकाकाे असार २३ गते बसेकाे बैठकबाट श्रावण २ गते मुक्त कमैया दिवसकाे अवसरमा पालिका भरि सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

जोशीपुर गाउँपालिकामा समेत सयौँको सङ्ख्यामा मुक्त कमैया रहेका छन् । उचित व्यवस्थापन नहुँदा वर्षेनी समस्या झेल्दै आएका उनीहरू स्थानीय सरकारको मुख ताकेर बस्नु बाहेक विकल्प देखिरहेका छैनन्। 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरे पनि जिविकोपार्जनको प्रबन्ध नमिलाइदिँदा मुक्त कमैयाहरूको आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् । खासगरी मध्य तथा सुदुर पश्चिमका जिल्लाहरू दाङ, बाँके, सुर्खेत,  बर्दिया, कैलाली र कञ्चनपुर मा कमैया प्रथा थियो ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *