आईसीसी विश्वकप लिग २ः टस हारेर ब्याटिङ गर्दै नेपाल

एजेन्सी । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालसँगको खेलमा स्कटल्यान्डले टस जितेर पहिले बलिङ रोजेको छ । स्कटल्यान्डकाे टिटवुड क्रिकेट ग्राउण्डमा स्कटल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्न माैका पाएकाे हो ।

आजकाे खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।  पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमदलाई विश्राम दिएर अलराउन्डर करण केसी र अनुभवी विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी र किशोर महतोले मौका पाएका छन् । किशोरले आज एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् ।

पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको नेपाल  दाेस्राे खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्न सफल भएकाे थियाे । तर तेस्रो खेलमा फेरि नामिबियासँग ६३ रनले पराजित हुन् पुगेको थियो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले खराब सुरुवात गरेको छ । १५ ओभरको खेल सकिँदा २ विकेट गुमाएर जम्मा ४५ रन मात्र बनाउन सकेको छ । नेपालका ओपनर कुशल भुर्तेल ३ र देव खनाल १० रनमा आउट भएका छन् । अहिले क्रिजमा ओपनर आशिफ शेख २५ रन तथा उपकप्तान रोहित कुमार पौडेल ५ रन बनाएर खेली रहेका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *