नेपाल नामिबियालाई जित्न मध्यम लक्ष्य पच्छ्याउदै 

फोटो : सामाजिक सञ्जालबाट
फोटो : सामाजिक सञ्जालबाट

एजेन्सी । नेपाली क्रिकेट टाेलीका कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे पछि नामिबियाले नेपाललाई जितका लागि २ सय रनको मध्यम लक्ष्य दिएको छ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबिया नेपाली बलर सामु टिक्न नसक्दा जितका विशाल बनाउन चुकेकाे हाे । स्कटल्याण्डको कम्बसदुनमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ९९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे भने जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

बलिङ तर्प नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले  समान २ र बसिर अहमेदले १ विकेट लिए ।

अहिले नेपाल २ सय रनको लक्ष्य पछ्याइ रहेको छ । नेपालले खराब सुरुवात गरेको छ ५ ओभरको खेल सकिदाँ एक विकेटको क्षतिमा १८ रन बनाएको छ । ओपनर कुशल भुर्तेल शुन्य तथा देव खनाल एक रनमा आउट भए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *