आज थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । कोरोना संक्रमण दर नेपालमा विगत केही दिनदेखि लगातार उकालो लागि रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । ३ हजार ९० जनामा गरिएको पीसीआरएन्टिजेन परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै आज थप ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता बढ्दै गएकाले अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १ हजार ३ सय ८५ जना रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान भने गएको छैन । थप १ लाख ८२ हजार ९ सय ८९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *