एजेन्सी । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल विरुद्ध कम्बुसदुन क्रिकेट मैदानमा टस जितेर नामिबियाले पहिले ब्याटिङ गर्दै छ ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सिरिजको पहिलो खेल हारेको बदला लिने दाउमा रहेको छ भने नामिबिया पहिले हराएकाले उच्च मनोबलका साथ आज मैदान उत्रेको छ । नामिबियालाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।
पहिलो खेल ४० रनले गुमाएको नेपाल दोस्रो खेलमा भने स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
यता नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अङ्क तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया १७ खेलमा १६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ । आज नामिबियाविरुद्ध नेपालले अल अलराउन्डर करण केसीलाई टोली भन्दा बाहिर राखेको छ । उनको स्थानमा पवन सर्राफलाई प्लेइङ-११ मा समावेश गरिएको छ पवन ब्याटिङका साथै स्पिन बलिङ गर्ने गर्दछन् ।
अहिले ७ ओभरको समाप्तिमा नेपालले राम्रो सुरुवात गरेको छ । नामिबियाले ७ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २८ रन बनाएको छ । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकट लिएका छन् ।













