काठमाडाैं । नेपाली चलचित्र ‘कबड्डी ४’ आज शनिबार प्रदर्शनको कीर्तिमानी ५१ औं दिन मनाउँदैछ । जेठ १३ गते रिलिज भएकाे दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर अभिनीत चलचित्रले नेपाली बकस अफिसमा ७ नयाँ रेकर्ड समेत बनाउन सफल भएकाे छ । राम बाबु गुरुङ निर्देशन ‘कबड्डी ४’ प्रदर्शनकाे ४२ औैं दिनमा बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ कमाइ गरेको थियो । यो कमाइ नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय चलचित्र ‘बाहुबली २’ को कुल आम्दानी भन्दा अझै २७ लाख रुपैयाँले कम हो ।
‘कबड्डी ४’ का ७ नयाँ रेकर्ड
१. सबैभन्दा बढी अग्रिम टिकट बुकिङ हुने चलचित्र ।
२. प्रदर्शनका लागि सर्वाधिक शो पाउने चलचित्र ।
३. पहिलो दिन सबैभन्दा धेरै कमाउने चलचित्र ।
४. पहिलो साता सबैभन्दा धेरै कमाउने चलचित्र ।
५. अष्ट्रेलियामा र विदेशमा धेरै कमाउने चलचित्र ।
६. दोस्रो सातामा पनि धेरै कमाउने चलचित्र ।
७. सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र ।












