विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नेपालले सिरिजमा आफ्नो तेस्रो खेल आज नामिबियासँग खेल्दै

साभार इन्फो खबरबाट
साभार इन्फो खबरबाट

एजेन्सी । आईसीसी विश्व कप पुरुष क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो नामिबियासँग खेल्ने भएको छ ।

खेल नेपाली समय अनुसार स्कटल्यान्डको कम्बसदुन नयाँ क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे सुरु हुनेछ । यसअघि नामिबियासँग भएको पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले गरेको थियो ।

हाल सम्म नेपाल र नामिबियाले एक दिवसीय क्रिकेटमा ६ पटक खेलेका छन् । जसमा नेपालले चार पटक जित हात पार्दा दुई खेलमा भने पराजय भोगेको छ । नेपालले पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफी प्रतियोगितामा नामिबियासँग खेलेको थियो । क्यानडामा भएको उक्त प्रतियोगितामा नेपाल ८ विकेटले पराजित भएको थियो ।

त्यस्तै सन् २०१५ आईसीसी लिग डिभिजन-२ मा दुई टोलीबीच भएको खेलमा नेपाल ३ विकेटले विजयी भयो । त्यस्तै, विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत सन् २०१७ मा भएका दुई खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो । त्यसपछि सन् २०१८ मा भएको खेलमा नेपालले नामिबियामाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

लिग-२ मा ३६ खेलमध्ये अहिलेसम्म नेपालले खेलेका १८ खेलमा १७ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ । नामिबिया १७ खेलमा १६ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले आइतबार स्कटल्यान्डसँग खेल्नेछ । समान ३६ खेल खेलेपछि लिग-२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन-जुलाईमा जिम्बाबेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछन् ।

शीर्ष ३ सँगै लिग-२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम समेत राख्नेछन् ।

 

Share

Leave a Reply