फ्राइडे रिलिज: पूजा र आकाश अभिनीत ‘सम्झना विर्सना’ सँग केकीको ‘सिल्ली फो’ भिड्दै

काठमाडाैं ।  फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नयाँ चलचित्र ‘सम्झना विर्सना’ र ‘सिल्ली फो’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् ।  चर्चित अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिकामा रहेको चलचित्र ‘सम्झना विर्सना’ र नायिका केकि अधिकारी अभिनीत ‘सिल्ली फो’ आजबाट हलमा भिड्ने भएका हुन् ।

प्रेमकथामा धारित निमेष प्रधान निर्देशित ‘सम्झना विर्सना’ ले मल्टीप्लेक्स र सिंगल थिएटर समेत राम्रो शो पाएको छ । आदित्य प्रधान र रेविका प्रधानले संयुक्त निर्माण गरेको चलचित्रमा पुजा र काशसँगै सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतको समेत अभिनय रहेकाे छ ।

उता राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘सिल्ली फो’ चारजना पात्रको जीवनमा आउँने घुम्ती र संघर्षको कथा बाेकेकाे छ । निर्माता मनोज डीके  र विशाल श्रेष्ठ सहनिर्माता रहेको चलचित्रमा केकी अधिकारीसँगै रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने लगायतको मुख्य भूमिका रहेकाे छ ।

Leave a Reply