स्रोत नखुलेको ५ लाख नगद सहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको ५ लाख ११ हजार ५ सय रुपैयाँ नगद सहित भारत सीतामढी थाना कन्हौली ग्राम पञ्चायत रामनगरा-११ का ३० वर्षीय विजय ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो भारतको सोनवर्षाबाट बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा नेपालको मलङ्गवा जादै गरेका ठाकुरलाई प्रहरीले चेकजाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा नगद सहित पक्राउ गरेकाे हाे। 

 घटनाकाे थप अनुसन्धान भैरहेको प्रहरीले जानएकाे छ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *