पोखरा । कास्कीको पोखरा महानगरपालिकाबाट जुवातास खेली रहेको अवस्थामा प्रहरीले २ लाख ५३ हजार नगत सहित ६ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको पोखरा महानगरपालिका-२६ लेखनाथका ३२ वर्षीय नवीन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गौचन सहित ६ जनालाई नगद रु २ लाख ५३ हजार र २ सय ८ पत्ती तास पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।













