एजेन्सी । भारत सँगको तीन खेलको एक दिवसीय शृङ्खलामा घरेलु टोली इङ्ग्ल्याण्डले गए राती भएको एक सय रनको सानदार जित निकालेको छ ।
लर्ड्स क्रिकेट मैदानमा इङ्ग्ल्याण्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारत ३८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ४६ रनमा समेटियो ।
उसका लागि हार्दिक पाण्डेया र रविन्द्र जडेजाले समान २९/२९ रन बनाए । यस्तै सूर्यकुमार यादवले २७ तथा मोहम्मद सामीले २३ रन बनाए भने बाँकी ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतलाई सस्तैमा समेट्न घरेलु टोली इङ्ग्ल्याण्डका रिच टाप्लेले ६ विकेट हात पारे । उनले ९ ओभर ५ बलमा २ मेडनसहित २४ रन खर्चिए ।
त्यसै गरी ब्रान्डन क्रासी,डेबिड विलि,मोईन अलि र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो ।
इङ्ल्याण्डका लागि मोईन अलिले सर्वाधिक ४७ रन बनाए । डेबिड विलिले ४१ तथा जोनी बेयस्ट्रोले ३८ रन बनाए । जेसन रोयले २३ तथा बेन स्टोकले २१ रन बनाए ।
भारतका लागि युजवेन्द्र चाहलले ४ विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान २/२ तथा मोहम्मद सामी र प्रसिद्ध कृष्णाले समान १/१ विकेट लिए ।
यस जितसँगै इङ्ल्याण्डले तीन खेलको सिरिजमा १/१ को बराबरी बनाएको छ । पहिलो खेल भारतले १० विकेटले जितेको थियो ।
दुई टोलीबीचको तेस्रो तथा अन्तिम निर्णायक एकदिवसीय खेल आइतबार हुनेछ













