हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखनको अभियोगमा फरार एक व्यक्ति पक्राउ

साभार : नेपाल प्रहरी फेसबुक पेजबाट
साभार : नेपाल प्रहरी फेसबुक पेजबाट

काठमाडौं । संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।  विहीबार झापा खुदुनाबारीबाट अर्जुनधारा नगरपालिका-३ का २५ वर्षीय रमेश राईलार्इ प्रहरीले पक्राउ गरेको हाे ।

२०७८ फागुन २७ गते काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटेलमा  १५ किलो ६८ ग्राम हात्तीको दाह्री सहित ३ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाएको थियो । अनुसन्धानको क्रममा फरार रहेका रमेशलाई केन्द्रीय अनुसन्धान ब्युरो  महाराजगंजबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापाकै खुदुनाबारीबाट पक्राउ गरेको हो । 

राईलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *