नेपालसँग स्कटल्याण्ड पहिलो पटक पराजित, नेपालको सानदार जित

साभार इन्फो खबरबाट
साभार इन्फो खबरबाट

एजेन्सी । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार राति सम्पन्न भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले पराजित गर्दै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।
नेपालले पहिलो पटक स्कटल्याण्डलाई पराजित गर्दै नयाँ इतिहास समेत रचेको छ।
यसअघि स्कटल्याण्डलाइ नेपालले पराजित गर्न सकेको थिएन ।


बुधबारको खेलमा स्कटल्याण्डले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा उपकप्तान रोहित कुमार पौडेल ३४ रनमा अविजित रहे ।
बलिङ तर्फ स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर टिटवुड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

उसका लागि गाभिन मेनले ६५ रनको अविजित पारी खेले । भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङ तर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । जारी सिरिजमा स्कटल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो।

यो जित सँगै नेपाल लिग टू को अङ्क तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *