घोडाघोडी नगरपालिका ७ काे कार्यलमा पुन: ताला, बजेट विनियाेजन तथा योजना बाँडफाँडमा मनोमानी गरेको आराेप

सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा न.७ ले बजेट विनियोजन तथा योजना बाँडफाँडमा पहुँचका आधारमा मनोमानी ढङ्गले गरेको भन्दै वडा कार्यालयमा स्था पुन: ताला लगाइएकाे छ । कम्युनिष्ट पार्टी (विप्लव) नगर कमिटीले आज वडा कार्यालयमा स्थानीयको उपस्थितिमा ताला लगाएका हाे । 

‘जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्न’ भन्दै ‘स्थानीयको आग्रहमा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गरेको’ विप्लवका नेता पुष्प भट्टले जनाएका छन् । उनले ‘सहमति बिना  प्रशासनको आडमा बल प्रयोग गरी ताला तोडिएको खण्डमा उत्पन्न परिस्थितिको जिम्मा  सम्बन्धित निकायले नै लिनु पर्ने र स्थानीयकाे तत्काल बजेट विनियोजन रोक्न भनी गरेको आग्रहमा आफूहरूले ताला लगाएको’ जनाकारी दिएका छन् ।

यस्तै सोही विषयलाई लिएर मंगलबार स्थानीयले आर्थिक वर्ष २०७९/८० को वडामा विनियोजित बजेट वडाध्यक्षले एकलौटी ढङ्गले छुटाएको भन्दै तालाबन्दी गरेका थिए । तर त्यही दिन साँझ प्रशासनको आडमा ताला तोडिएको थियो । वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको भन्दै स्थानीयहरू आन्दोलित भएका थिए । 

Share

Leave a Reply