तिला कर्णालीको विस्तारित मञ्च एवं मोबाइल एप सार्वजानिक कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाले संयुक्त विस्तारित बैठक सम्पन्न गरेको छ । आज संस्थाको घोडाघोडी २ नयाँबजारमा रहेको मुख्य कार्यलयमा बैठक सम्पन्न गर्नुका साथै मोबाइल एप समेत सार्वजानिक गरिएको छ । सहकारीका अध्यक्ष रण बहादुर भण्डाराको सभापतित्व १ सय जना सदस्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

बैठकमा आर्थिक वर्ष २०७८/०७९ को कार्य प्रगति विवरणमा समेत छलफल चलाइएको थियो । साथै आगामी आर्थिक वर्ष ०७९/८० का लागि विभिन्न विषयमा नयाँ कार्यक्रम तर्जुमाका लागि समेत उपस्थित सदस्यको जिज्ञासाको सम्बोधन गर्दै सहकारीका व्यवस्थापक लाल बहादुर भण्डारीले तिला कर्णालीलाई स्थापित संस्थाका रूपमा विकास गर्न सञ्चालक, सेयर सदस्य, ऋणी तथा कर्मचारीले हातेमालो गर्नु पर्नेमा जोडिदिएका छन् ।

सहकारीको मोबाइल एप सार्वजानिक भएसँगै नवीनतम प्रविधिको अधिकतम प्रयोगले संस्थालाई थप उचाइमा लैजाने लक्ष्य प्राप्ति गर्न सहयोग पुग्ने भन्दै भण्डारीले समुदायलाई हित हुने किसिमका योजनाहरू ल्याइ सामुदायिक विकासको घोतक का रूपमा तिला कर्णाली स्थापित हुने बताएका छन् । 

२०६८ सालमा स्थापित सहकारीले छोटो समयमै यस क्षेत्रमा करिब २ हजार सदस्य समेत बनाएको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *