स्कटल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

फोटो : सामाजिक सञ्जालबाट
फोटो : सामाजिक सञ्जालबाट

एजेन्सी । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत भइरहेको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्ड विरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

टिटवुड क्रिकेट मैदानमा नेपाली किक्रेट टाेलीका कप्तान सन्दीप लामिछानेले टस जितेर घरेलु टोली स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले टोलीमा नामिबियासँगको प्लेइङ ११ लाई नै निरन्तरता दिएको छ । सुरुवात नेपालले निकै राम्रो गरेको छ । ताजा अवस्थामा स्कटल्याण्डले २ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ४ रन बनाएको छ । नेपालका सोमपाल कामीले म्याथ्यू क्रसलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई निकै कठिन रहेको छ  । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । लिग टू को अङ्क तालिकामा नेपाल १७ खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *