रिक्त रहेको उपसभामुखको चुनाव असार ३१ गते

काठमाण्डौं । प्रतिनिधि सभामा दुई वर्ष भन्दा लामो समयदेखि रिक्त रहेको उपसभामुखको चुनाव असार ३१ गते हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख  अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोकेका हुन् । 

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति अहिले सम्म हुन सकेको छैन । तत्कालीन समयमा नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

सरकारले उपसभामुखको चुनाव गर्नुको साटो संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएको थियो । सांसदहरूले पटक-पटक उपसभामुखको चुनावी प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गरेका थिएन ।  ।

pic 9 YHAa9ZfVbM

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *