आफ्नै श्रीमतीको फोटोमा अश्लिल शब्द प्रयाेग गर्ने र बालिकाकाे चरित्र हत्या गर्ने दुई जना पक्राउ 

काठमाण्डौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चार बालिकाहरूको तस्बिरसँगै अश्लिल शब्द र महिलाको तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेकाे अाराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सिन्धुली घ्याङ्लेख गाउँपालिका-३ का ३९ वर्षीय राजेश बिकले नक्कली फेसबुक खाता खाेली ४ बालिकाहरूको तस्वीरसँगै अश्लिल शब्द प्रयोग गरी चरीत्र हत्या गरेकाे अाराेपमा पक्राउ गरेकाे हाे । 

त्यसै गरी रुपन्देही जिल्लाको सैनामैना नगरपालिका-४, मुर्गियाका ३६ वर्षीय जीवन दमाईले सामाजिक सञ्जालमा रोजगारीको सिलसिलामा विदेशमा रहेकी आफ्नै श्रीमतीको फोटोमा अश्लिल शब्द प्रयाेग गरी चरित्र हत्या गरेको पाए पछि पक्राउ गरिएकाे छ । 

दुवै जनाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको ठहर गरी कारवाही प्रकृया अघि बढाइएकाे पहरीले जनाएकाे छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *