काठमाण्डौ । नेपालमा केही दिन देखि लगातार रुपमा उकालो लाग्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप १ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार १ सय २६ जनाको नमुना परीक्षण गर्दा १ सय ७७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ४१ जना सङ्क्रमित निको भएका छन् । निको हुनेको तुलनामा थपिनेको सङ्ख्या धेरै हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ७३ जना पुगेको छ । केही दिन अघि पाँच सय भन्दन तल झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या हप्ता दिन नपुग्दै पुन पाँच सय भन्दा माथि पुगेको छ । कोरोना सङ्क्रमणका कारण २४ घण्टामा कसैको पनि ज्यान भने नगएको मन्त्रालयले जनाएको छ ।
थप ६४ हजार ९ सय ७ जनाले कोरोना विरुद्धको खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













