अनुभवी खेलाडी बिनै मैदान उत्रिएको नेपाल नामिबियासँग पराजित

काठमाडौं । अनुभवी खेलाडीबिना मैदानमा उत्रिएकाे नेपाल अाज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँग ४० रनको पराजित भएकाे छ । साेमबार स्कटल्यान्डको कम्बस्डन न्यु ग्राउन्डमा भएकाे खेलमा नेपाल नामिबियसँग स्तब्ध भएकाे हाे । टस जितेर ब्याटिङ राेजेकाे नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २ सय २० रन बनायाे ।  २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४६.५  ओभरमा सबै विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्याे । 

नेपालका लागि आरिफ शेखले अर्ध सतक बनाउन सके । यसका साथै देव खनाल ३४, ओपनर कुशल भुर्तेल २७, करण केसीले १९ रन जोडे  भने सोमपाल कामी र आदिल अन्सारीले समान १० रन बनाउन सके । त्यसैगरि उपकप्तान रोहितकुमार पौडेल शून्यमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ४ रन बनाएर पवेलियन फर्किए । बासिर अहमद ३ र कप्तान सन्दीप लामिछाने शुन्यमा आउट भए ।

नामिबियाका लागि बर्नार्ड स्कोल्ज, डेबिड विसे र जान फ्रेलिङ्कले समान २ विकेट लिए भने  कप्तान इरसमसले १ विकेट लिए । उसका लागि जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ६० रन बनाए । उनले ६९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । ओपनर डिबान ला ककले ४१ रन बनाए भने कप्तान इरसमसले २२ रन जोडे । अर्का ओपनर लो–हान्ड्रे औरेन्स र डेबिड विसेले समान १८ रन बनाए । जेजे स्मितले १७ रन बनाएर पवेलियन फर्किए ।

नेपालका लागि कप्तान सन्दीपले १० ओभरमा ५४ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा करण केसी, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

जितसँगै नामिबिया १६ खेलबाट १६ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट १५ अंक जोडेको नेपाल एक स्थान तल खस्किदै छैटौँ स्थानमा छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *