एजेन्सी । आईसीसी विश्वकप पुरुष क्रिकेट लिग-२ अन्तर्गत भइरहेको त्रिकोणात्मक सिरिजमा आज भैरहेको खेलमा नामिबियाले नेपालसामु २ सय २१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्ड स्थित कम्बसदुन नयाँ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २० रन बनायो ।
नामिबियाका लागि जान इटनले ६० रनको अर्धशतकीय पारी खेले । यस्तै डिभान ला ककले ४१ तथा कप्तान इरामस २२, क्राइग विलियम्सले २१ रन जोड्दा अन्य ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङ तर्फ नेपालका कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा दिपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट हात पारे । डेब्यु खेलाडी बासिर अहमेदले पनि १ विकेट लिन सफल भए ।
२ सय २१ रनको लक्ष्य पछ्याइ रहेको नेपालले ताजा अवस्थामा २ ओभरको समाप्तिमा ११ रन बनाएको छ । कुशल भुर्तेल ७ रन तथा आशिफ शेख १ रन बनाएर खेलि रहेका छन् ।













