काठमाडौं । नेपालमा केही दिन यता लगातार रुपमा कोरोना संक्रमण दर उकालो लाग्दै गएकाे छ । लगातार रुपमा ओरालो लागि रहेको संक्रमण दर केही दिनदेखि उकालो लागिरहेको छ । गत विहीबार ७८ जना संक्रमित फेला परेका थिए भने शुक्रबार उक्त संख्या बढेर ९८ पुग्यो । शनिबार पनि उकालो लाग्दै १ सय २ जनामा संक्रमण पुष्टि भयो । सो क्रम आज पनि कायम नै रह्यो । आज थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । १ हजार ७ सय जनाको आरटी पीसीआर गर्दा १ सय ४ जनामा र १ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
आइतबार परीक्षण गरिएकामध्ये ३ .९ ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित मध्ये सबैभन्दा बढी ७१ जना काठमाडौंमा भेटिएका छन् । यस्तै बितेको २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन्।
सोही सयमा कुनै पनि सङ्क्रमितको मृत्यु भने भएको जनाएको छ । २४ घण्टामा १० हजार ५ सुय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।













