फिफाले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न पाउने

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउन पाउने भएको छ । यससँगै पीएफएफले आफ्नो महिला टोलीलाई साफ च्याम्पियनसिपमा सहभागि गराउने निर्णय समेत गरेको छ । 

साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्ने भएका छन् । महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुनेछ । गत जुलाई १ मा फिफाले पाकिस्तानमाथि लगाएको निलम्बन फुकुवा गरेपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलेको छ । 

पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको हो । तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासङ्घ (पीएफएफ) लाई सन् २०२१ अप्रिल ५ गते फिफाले निलम्बन गरेको थियो ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *