काठमाडौं । नेपालमा शनिबार पछिल्लो २४ घण्टामा थप एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर एक सय दुई जनामा संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । अहिले देशभर छ सय पाँच जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । मृत्युदर भने शून्य रहेको जनाइएको छ ।













