पर्सा । पर्साबाट प्रहरीले बिहीबार बिहान दुई सय ७० किलोग्राम लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरबाट भारत मोतिहारी ग्राम सेमरी ११ का २७ वर्षीय विजेश कुमार यादव र भारतकै विहार पूर्वी चम्पारण पलडवाका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
परवानीपुरको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले यूपी २१ एएन ९९५७ नम्बरको ट्रकलाई जाँच गर्दा क्यावीनमा लुकाई राखेको अवस्थामा गाँजा फेला परेकाे हाे ।













