‘नाइरोबी’ को प्रकोप पस्चिम तराइमा

काठमाडौं । यति बेला कैलाली कञ्चनपुर लगायत देशभरका तराईका जिल्लामा ‘नाइरोबी’ किराको प्रकोप फैलँदै गएको छ । अफ्रिका महादेशमा पाइने यो किरा जलवायु परिवर्तनका कारण भारत हुँदै नेपाल प्रवेश गरेको छ । नेपालसँगका भारतका सीमावर्ती जिल्लामा व्यापक रूपमा फैलिएको यो किराको प्रकोप नेपालका पूर्वी जिल्ला हुँदै पश्चिम तराईका जिल्लामा समेत देखा पर्न थालेको छ ।

यो किराले पहाड तथा तराईका भूभागमा सनसनि प्रकोप देखाउन थालेको हो ।  यो किरा मानिसको छालाको सम्पर्कमा आएपछि छाला चिलाउने, पोल्ने र फोका उठ्ने तथा दुख्ने जस्ता लक्षण देखापर्ने गर्दछ । 

सामान्यतया यो किराले मानिसलाई रातिको समयमा टोक्ने गरेको पाइएको छ । रातिको समयमा उज्यालोमा आकर्षित हुने ‘नाइरोबी’ किरा मानिसको सम्पर्कमा प्रकाशका कारण आउने हुन्छ । यस किराको शरीरमा रहने तरल तत्त्व जसलाई ‘हेमोलिन’ भनिन्छ, यो मानिसको छालामा सम्पर्कमा आएमा ‘ड्रमाटाइटिस लियानस’ रोग हुन्छ । जसका कारण छालामा जलन समेत हुने गर्दछ । यसका साथै छाला चिलाउने, पोल्ने र फोका उठ्ने एवं दुखाइ हुने जस्ता लक्षण देखा पर्न सक्दछ । 

‘हेमोलिन’ मा एसिड पदार्थ पाइन्छ, यसै कारण यस किरालार्इ  ‘एसिड किरा’ समेत भनिन्छ । ‘ड्रमाटाइटिस लियानस’ एक किसिमको नसर्ने रोग हो, अर्थात एक मानिसबाट अर्को मानिसमा सर्दैन । यो रोगको सफल उपचार समेत रहेकाले डराउनु पर्ने छैन् । यो सिजनल भएकाले मौसमसँगै हराएर जाने हुन्छ ।

यसबाट बच्नलाई घर बाहिर रहेको झार जंगल सफा गर्ने र राति सुत्त्व झ्याल ढोका लगाएर सुत्नु पर्ने हुन्छ । किरा रातिको समयमा प्रकाशका लागि घरभित्र नपसोस्, त्यसका लागि झ्यालमा जाली लगाउने ।  यसका साथै झुल लागयर सुत्नु बुद्धिमानी हुन्छ  । यसरी ‘नाइरोबी’ को प्रकोपबाट सजिलै बच्न सकिन्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *