बैंकिङ कसूरको मुद्दाका फरार झण्डै डेढ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसूरको मुद्दाका फरार एक प्रतिवादीलाई विहीबार झण्डै डेढ वर्ष पछि  पक्राउ गरेको छ ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१३ चुहाडेका  ६० वर्षीय केदार गिरीलाई  ललितपुरको सानेपाबाट प्रहरीले पक्राउ गरेको हो । 

२०७७ माघ ६ गते बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको फैसलाले सात दिन कैद र २० लाख रुपैयाँ जरिवाना तोकेको थियो । फैसला तोकेपछि फरार रहेका गिरीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । 

उनले २०७६ कार्तिक १५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नरहेको भन्ने थाहा हुँदाहुँदै जानी जानी उजुरी गर्नेलाई झुक्याएर प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले जानकारी दिएको थियो ।  

गिरीलाई पक्राउ पछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाइएको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *