काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईलाई केन्द्रीय प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक राईलाई बिहीबार केन्द्रीय प्रहरी प्रवक्तामा तोकिएको सचिवालयले जनाएको छ ।













