अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

काठमाडौं । आज अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए सँगै रिक्त रहेको अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् । संसद्ले अर्थमन्त्री शर्मा माथि छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेपछि उनले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए ।

शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७७ को उपधारा ९२० अनुसार देउवालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

शर्मा माथि छानबिन सकिएपछि मात्र नयाँ अर्थमन्त्री पठाउने माओवादीको तयारी रहेको जनाइएको छ ।

2. म. मनतरक करयभर तकन भएक वजञपत mCGi06dBOX

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *