अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

 

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएका छन् । मन्त्री शर्माले आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मा माथि छानबिन गर्न आजै संसद्ले ११ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा नै उपयुक्त हुने ठानेर मार्ग प्रशस्त गरेको बताएका छन् ।  छानबिन गर्न बनेको समितिले छानबिन गरोस् र उक्त समितिलाई आफूले सघाउने प्रतिबद्धता’ समेत शर्माले जनाएका छन् ।

राजिनामा गर्दै उनले ‘राजीनामा माग्ने  नागरिक समाज, बुद्धिजीवी, युवा र नागरिकलाई अनुरोध गर्दै बजेटसँग सम्बन्धित विषयहरू कसरी आए, कसरी प्रस्तुत भए र त्यसले भ्रम सिर्जन गर्ने प्रयत्न गरियो’ भन्दै  उठेका मुद्दाहरूमा सच्चाइकाे गहिराइमा पुगिएन भने कतै फेरि कसैलाई अन्याय हुन्छ कि भन्ने बारे सोच्न पनि अनुरोध समेत गरेका छन् । 

साथै उनले आफूले कुनै पनि त्रुटि नगरेको र  छानबिन समितिले बजेट निर्माण गर्दा स्थापित मान्यता विधि र पद्धतिका आधारमा तोकिएका आधिकारिक व्यक्तिलाई मार्फत बजेट निर्माण भएको जनाएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *