काठमाण्डाै । असार २६ गते आइतबार बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदमा देशैभर बिदा दिने गृहमन्त्रालयले जनाएको छ ।
आज राजपत्रमा सूचना जारी गरी असार २६ गते आइतबार बकर ईद का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त दिन का दिन पर्ने पर्वको मुस्लिम आयोगबाट अनुरोध भई आएकोले सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सुचना जारी गरेकाे छ ।














