सुखड । कैलालीको धनगढी उपमहानगरपालिकाबाट ८ ग्राम खैरो हिरोइन सहित एक युवकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । आज कञ्चपुरको बेलौरीबाट धनगढी जादै गरेकाे से ७ प ६२३७ नम्बरको स्कुटी चेकजाँच गर्दा गोदावरी नगरपालिका-१२ का २९ वर्षीय धर्म बडैला पक्राउ परेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिक शङ्काको भरमा प्रहरीले चेकजाँच गर्दा पाइन्टको खल्तीमा लुकाई राखेको ८ ग्राम लागू औषध खैरो हेरोइन फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीले बडैलाले चलाएको स्कुटी सहित उनलाई पक्राउ गरी थप अनुसन्धानको जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको जनाएकाे छ ।













