पुन: उकालो लाग्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं । नेपाल आयल निगमले आज राती १२ बजेबाट  लागू हुने गरी  पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ ।  निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल प्रति लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटरमा ९ रुपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रुपैयाँले बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यसँगै अब पेट्रोल प्रति लिटर १ सय ८१, डिजेल र मट्टीतेल प्रति लिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने हवाइ इन्धन आन्तरिकको मूल्य १ सय ९० रुपैयाँ लिटर पर्ने छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

यसअघि असार ११ गते मात्र निगमले पेट्रोलमा २० र डिजेल र मट्टीतेलमा २९ रुपैयाँ घटाएको थियो ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको हाे

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद नगर्ने भएकाले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किने बापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्दछ । 

nigam
nigam

Leave a Reply