अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न मौलिक जराेकिलाे पार्टीको माग 

 काठमाडाैं। डा. निर्मलमणि अधिकारी नेतृत्वकाे मौलिक जरोकिलो पार्टीले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पार्टीले आर्थिक वर्ष २०७९/८० को बजेटमा अनधिकृत व्यक्तिलाई घुसपैठ गराएर राजश्व दरमा हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री शर्माले आरोपको सप्रमाण खण्डन गर्नुको सट्टा अर्थ मन्त्रालय जस्तो अत्यन्त संवेदनशील स्थानको सिसिटिभीको भिडियो समेत डिलिट हुनु नै अर्थमन्त्रीको गतिविधि माथि शंकास्पद देखिएको भन्दै पदबाट बर्खास्त गर्न माग गरेको हाे।

मन्त्रालयमा भएको सीटीईटीभी फुटेज तीन महिना सम्म सुरक्षित राख्नु पर्ने नियम हुँदाहुँदै १३ दिनमा नै डिलिट हुनु अर्थमन्त्रीको षड्यन्त्र भएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ मा सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सिसिटिभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने प्रष्ट व्यवस्था हुँदाहुँदै १३ दिनमै डिलिट हुनु अर्थमन्त्री जोगाउने नियोजित षड्यन्त्र भएको भन्दै घटनामा संलग्न कर्मचारीलाई समेत अनुसन्धान गरी कारवाही गर्न पार्टीले माग गरेको हाे ।

291400136 5417280214986232 124542731634956068 n

Leave a Reply