छैटौँ पटक मन्त्रिमण्डल पुनर्गठन : जसपाबाट तीन मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वकाे मन्त्रिमण्डल पुनः हेरफेर भएकाे छ । सोमबार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले जनता समाजवादी पार्टी (जसपा) बाट तीन जना मन्त्री नियुक्त गरेकी छन् । मन्त्री हुनेमा जसपाबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रिमा मोहम्मद इस्तियाक राई र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो । 

याे सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  केही दिनअघि नेकपा एकीकृत समाजवादीले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गरेको थियो ।

1 bhmANfavEc

2 8AzmyVabcf
2 8AzmyVabcf

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *